२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबलकार समूह’लाई वार्तामा आउन आग्रह



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयको वार्ता समूहले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको ‘नो केबलकार समूह’ लाई वार्तामा आउन अनुरोध गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त समूहलाई वार्तामा आउन अनुरोध गरेका हुन् ।

‘मुक्कुमलुङ पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गर्दछौं,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सरकारले माग पूरा सम्बोधन नगरेको भन्दै माघ २९ गतेबाट मुक्कुमलुङ (पाथीभरा)संरक्षण संयुक्त सङ्घर्ष समितिले आन्दोलन सुरु गरेको थियो ।

त्यसको भोलिपल्ट बुधवार गृहमन्त्री रमेश लेखकले वार्ता टोलीका संयोजक तथा सदस्यहरूलाई छलफलमा बोलाएका थिए ।

त्यसलगत्तै समितिले संवादका माध्यमद्वारा समस्याको समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

गत माघ २२ गते सङ्घर्ष समिति र वार्ता टोलीबीच ६ बुँदे सहमति भएको थियो । सहमतिपछि आन्दोलन रोकिएकोमा पुनः समितिले आन्दोलनको घोषणा गरेको थियो ।

फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन पनि केबलकार परियोजनामा सकारात्मक देखिएका छन् ।




भर्खरै