काठमाडौँ । कैलालीको धनगढीबाट चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीका २६ वर्षीय नरेश साउद रहेका छन् ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित मिलनसार गेष्ट हाउसबाट ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको चितुवाको जस्तो देखिने छाला १ थानसहित साउदलाई सोमबार राति पक्राउ गरिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।










