१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब एउटा देशको, अर्को ओली सरकारको भनेर कानून बनाऔँः प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको भनेर कानून निर्माण गर्र्नुपर्ने टिप्पणी गर्नुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एउटा कानूनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानून बनाउन जरुरी देखिएको बताउनु भयो । उहाँले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ भन्नेकुरा प्रमाणित भएको बताउनु भयो । उहाँले बोलेकै आधारमा र्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘म अनुरोध गर्न चाहन्छु, कानून दुई वटा बनउनुस् अब । एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानून बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ । माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?’

उहाँले मन्त्री जस्तो पदमा बसेका व्यक्तिले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर हिँडाउने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।