२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिनालाई रचनाको साथः अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हाँसेको हेर्न पाउछु भन्ने ठुलो आशा छ



अ+ अ-

काठमाडौँ । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ ।

गायिकाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । योसँगै एलिनालाई सामाजिक सञ्जालमा थुप्रै कलाकार तथा व्यक्तिहरुले साथ दिइरहेका छन् ।

यसैबीच गायिका रचना रिमालले पनि एलिना चौहानलाई साथ दिएकी छन् । उनले फेसबुकमा आफ्नो र एलिनाको तस्बिर राख्दै भनेकी छन् – ‘दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ । अरु खुसी आउँदै, जाँदै गर्छन् तर मनको खुशि आफैंले स्थापित गर्ने हो । म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु । आई लभ यु मेरी दिदि ।’

एलिनाले यही माघ १८ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी थिइन् । पति विष्णु सापकोटालाई विपक्षी बनाउँदै उनले फिराद पत्र दायर गरेकी हुन् ।

गायिका चौहान र अष्ट्रेलिया निवासी विष्णु सापकोटा गत वैशाख ५ मा वैवाहिक बन्धनमा बाँधिएका थिए ।

यस्तो छ रचना रिमालको फेसबुक पोस्टः

प्रिय दिदि एलिना ,
हाम्रो चिनजान त हामि साङ्गितिक क्षेत्रमा प्रवेश गरेपछि नै भएको हो। हामि थोरै समय मात्रै अघिपछि यो क्षेत्रमा आएका हौं। हामिले सुरुवाति चरणमै केहि साङ्गितिक कर्ममा सहकार्य गर्न पायौं। हाम्रो सहकार्य हुँदै गर्दा नै हामि दिदिबहिनी बिच एक अटुट सम्बन्ध बनिसकेको रहेछ। हुँन त झट्ट हेर्दा अरुको नजरमा हामि बिच प्रतिस्पर्धा र इर्ष्याको भावना हुनुपर्ने जस्तो देखिन्छ तर हामि बिचमा खै के मिल्यो त्यो कहिल्यै मनमा भएन र छैन पनि। तथापि हाम्रो सम्बन्धमा फुट ल्याउन केहि सिमित व्यक्तिले नखोजेका भने होइनन । तर हामि निरन्तर हाम्रो आफ्नो कर्ममा लागि रहयौँ, एक अर्काको दु:ख सुख साटिरहयौँ। हामि घन्टौँ फोनमा र भिडियो कलमा हाँसेका छौँ ,रोएका छौँ। दिदिको विवाह हुने कुरा सुनेर ‘रचना जसरी नि आउँनु पर्छ अरु थाहा छैन”भनेर तपाईंले खबर गरे देखि म आफैमा एउटा छुट्टै खुशि थियो, उमङ्ग थियो । बिहेको दिनमा एउटै कुरा मनमा थियो ‘कतै दिदि अब नेपाल बाहिरै बस्ने त होइन र’ बिहेघरबाट अन्माउँदै गर्दा खै किन हो म एकदम भावुक भएकी थिए, तपाईंलाई अङ्गालो हालेर बिदाइ गर्दा अनेकौँ कुरा मनमा खेल्दै थियो। विवाह पश्चात् तपाईं अस्ट्रेलिया गएपछि अब उतै नै बस्ने अरे भन्ने सुनेपछि ‘दिदि तपाईं नेपाल नै आउनु है , यहि मिलेर काम गर्नुपर्छ ‘भनेर मैले धेरै पटक आग्रह गरेँकी थिए। त्यसपछि तपाईं फर्कनुपनि भयो, सबै राम्रै भैरहेको थियो। तर पनि हामो कुराकानी हुँदा तपाईंको भित्री मनले भोगिरहेको पीडा थाहा पाउँदा कति समय म आफुलाई नै पिडा महसुस हुँन्थियो । अन्ततः आज तपाईंले एकदम ठुलो आँट र मनले यो निर्णय लिनुभएको छ। दिदि अब तपाईंलाई मुखले मात्रै होइन मनबाट नै हासेको हेर्न पाउछु भन्ने ठुलो आशा छ। अरु खुशि आउँदै, जाँदै गर्छन तर मनको खुशि आफैले स्थापित गर्ने हो। म तपाईंको शुभचिन्तक हिजो पनि थिए, आज पनि छु र भोलि पनि रहनेछु। आई लभ यु मेरी दिदि