१४ श्रावण २०८३, बिहीबार
,
Latest
इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विधिको थलो हो, जिद्दीको होइनः एमाले सांसद रिजाल



अ+ अ-

काठमाडौँ । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले संसद टकरावको थलो नभएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद संवादको थलो भएकाले टकराव निम्त्याउन नहुने बताउनु भयो । उहाँले संसद विधिको थलो भएकाले भन्दै जिद्दीको थलो नभएको बतउनु भयो । उहाँले संसद अराजकको नभइ सज्जनको थलो भएको बताउनु भयो । जनताको जनप्रतिनिधिले जवाफदेही, जिम्मेवार बनाएर भएर काम गर्नुपर्ने बताउनु भयो । संसद भनेको एउटा नियमनको थलो भएकाले तथानामको थलो नबनाउन प्रतिपक्ष दलहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संसद संवादको थलो हो । टकरावको थलो होइन । संसद विधिको थलो हो जिद्दिको थलो होइन । संसद सज्जनको थलो हो अराजकको थलो होइन । त्यसकारण जनताको जनप्रतिनिधिले जुन एउटा उचाईमा जवाफदेही, जिम्मेवार बनाएर पठाएका छन्, त्यसलाई शिरोधार्य गर्नुपर्छ । त्यसको परिपालना गर्नुपर्छ । संसद भनेको एउटा नियमनको थलो हो । तथानामको थलो होइन ।’

उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले डोरीलाई सर्प भने प्रचार गरेको भन्दै आपत्ति जनाउनु भयो ।