२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमेन्ट उद्योगीहरुले आफूखुशी सिमेन्टको मूल्य बढाएका होइनन्ः उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरुले आफूखुशी सिमेन्टको मूल्य नबढाएको दाबी गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरुले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरुलाई दिएको दाबी गर्नुभयो ।

उद्योगमन्त्री भण्डारीले विद्युत प्राधिकरण सरकार भन्दा बाहिरको निकाय नभएको बताउनु भयो । उहाँले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताउनु भयो । उहाँले सरकारले उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको बताउनु भयो । उहाँले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताउनु भयो । सरकारले पटक–पटक उद्योगी,व्यवसायी र निर्माण व्यवसायीहरुसँग छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भिर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक संघसँग बसेर छलफल गरेका छौं । बाहिर बजारमा सतप्रतिशत बढ्यो भन्ने पनि छ । त्यो पनि सत्य होइन । विभिन्न उत्पादकका फरक मूल्य छन् । नेपाल सरकारको लगानीमा सञ्चालनमा रहेका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पनि सरकारले पूर्णरुपमा सञ्चालन गर्न सकिरहेका छैनौं । एक सय रुपैयाँ भन्दा बढी घाटा छ । सिमेन्ट उद्योगसँग ११५ रुपैयाँ भन्दा बढी मूल्य नबढाउने सहमति हो । लोडसेडिङ छैन भन्नुहुन्छ । विद्युत प्राधिकरणले लोडसेडिङको तालिका दिएको छ । विद्युत प्राधिकरणलाई बोलाउनुस् । मूल्यवृद्धि भएको बेलामा लोडसेडिङ कति भयो । त्यसको तालिका प्राधिकरणले राखेको छ । विद्युत प्राधिकरण सरकार भन्दा बाहिरको निकाय होइन । उद्योगको लागत मूल्याङ्कनको लागि समिति बनेको छ । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयास गरिरहेको छ । मूल्य वृद्धि घटेको छ । सरकारले घटाउने प्रयास गरिरहेको छ । सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले पनि भयो । तामाकोशी बाढीले क्षति हुँदा उत्पादन कम भयो भनेर प्राधिकरणले स्वीकार गरेको छ । उद्योगीहरुले आफूखुशी मूल्य बढाएको होइन । उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने समितिले निर्देशन गरोस् । सरकारले मान्छ । घाटा खाएर कुनैपनि उद्योगले व्यापार गर्दैन । घरबाट पैसा हालेर सिमेन्ट उत्पादन गरेर विक्री गर्दैन ।’

समितिमा उद्योगमन्त्री र सांसदहरुबीच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरुले समितिले सिमेन्ट उद्योगीहरुले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।