अमेरिकाको उत्तर पूर्वमा रहेको विश्व प्रसिद्ध नायाग्रा फल्सका विभिन्न भाग कम तापक्रमका कारण जमेर हिउँले ढाकिएका छन् ।
नायाग्रा फल्स नायाग्रा नदीमा बनेको तीन झरनाको समूह हो जसमा एक क्यानडाको ओन्टोरियामा पर्छ भने दुई अमेरिकाको न्यूयोर्कमा छन् ।
यो झरना गोट द्वीपका कारण दुई भागमा बाँडिएका छन् । क्यानडामा भएको झरनालाई हार्सयू फल्स भनिन्छ जबकी अमेरिकामा भएको झरनालाई अमेरिकन फल्स र ब्राइडल वेल फल्स भनिन्छ । यी झरना यति सुन्दर छन् कि हरेक वर्ष लाखौं पर्यटक यो हेर्न आउँछन् ।
तस्बिरः सिन्ह्वा














