९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाकुम्भबाट फर्किएको हायसलाई ट्रकले ठक्कर दिँदा सात जनाको घटनास्थलमै मृत्यु



अ+ अ-

एजेन्सी । भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा एक हायसलाई ट्रकले ठक्कर दिएको छ । भीषण सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ठक्करबाट चकनाचुर भएको गाडीमा केही यात्रु फसेका छन् ।

उनीहरु गम्भीर घाइते भएकाले उनीहरुलाई बचाउने प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । जानकारी अनुसार जबलपुरको राष्ट्रिय राजमार्ग ३० मा बिहान ८ बजे दुर्घटना भएको हो ।

सूचना पाएलगत्तै कलेक्टर र एसपीसहितको प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुमा फसेका मानिसको उद्धारको प्रयास सुरु गरेको थियो ।

ट्राभलरमा सवार सबै आन्ध्र प्रदेशका रहेको बताइएको छ । जो महाकुम्भमा स्नान गर्न प्रयागराज आएका थिए । घर फर्कने क्रममा जबलपुरमा गाडी दुर्घटनामा परेको थियो ।

प्रहरीले मृतक र घाइतेका परिवारलाई फोन गरेर दुर्घटनाबारे जानकारी गराएको छ । गम्भीर घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । परिवारका सदस्य आएपछि उनीहरुको पोस्टमार्टम हुनेछ ।