१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोले गरे पोर्चुगलका लागि १०० गोल



अ+ अ-

लन्डन । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।

युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं मिनेटमा दोस्रो गोल थपे । अब उनी इरानका अली दाइको नाममा रहेको कीर्तिमानबाट ८ गोल मात्र टाढा छन् ।

दाइले सन् १९९३–२००६ बीच १ सय ९ गोल गरेका थिए । रोनाल्डोको पछाडि भारतका सुनिल क्षेत्रीको ७२ र अर्जेन्टिनाका लियोनल मेसीको ७० गोल रहेको छ ।