१४ श्रावण २०८३, बिहीबार
,
Latest
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गर्छौँः सांसद भट्टराई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संविधान संशोधनका एजेण्डामा सबै दलहरुसँग सहमतिको प्रयास गरिने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलीय कार्यदललले संविधान संशोधनका एजेण्डा तय गर्ने बताउनु भयो ।

उहाँले कार्यदलले तय गरेका एजेण्डाहरुमा संसदमा रहेका सबै पार्टीहरुलाई सहमत हुनेगरी अगाडि बढाइने बताउनु भयो । संविधान निर्माणमा महत्वपूर्ण भुमिका खेलेका सबै दलहरुसँग छलफल र सहमति गरेरमात्र संविधान संशोधन गरिने बताउनु भयो । उहाँले काँगेस र एमाले संविधानको रक्षा गर्दै संशोधनयोग्य कुरामा सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सहमतिको दोस्रो बुँदामा नै संविधानको पुनरावलोकन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने भनेको छ । संविधान संशोधन संवैधानिक बाटोबाट हुन्छ । दुईटा पार्टीको बीचमा एजेण्डाहरु तय हुन्छन् । त्यसका लागि कार्यदलले काम गर्छ । र ति एजेण्डाहरुमा संसदमा भएका सबै दलहरुसँग हामी छलफल गर्छौं । छलफलको क्रममा सबैसित सहमति लिने हामी कोशिस गर्छौं ।

संविधान निर्माणमा मुलतः माओवादी केन्द्र, एमाले र काँग्रेसको भूमिका छ । मधेशकेन्द्रीत दलहरुको पनि भूमिका छ । अहिले संविधानको सर्व स्विकार्यता पनि बढेको छ । यो संविधानप्रति हाम्रो लगाव छ । संविधानका कतिपय प्रावधानहरु संशोधन योग्य छन् । त्यसलाई हामी संशोधन गर्नको लागि यही संसदमा ल्याउँछौं ।’

उहाँले जसपा, नेपाललले अध्यादेशको समर्थन गर्नेमा आफू विश्वस्त रहेको समेत बताउनु भयो । केही दिनमै अध्यादेशहरु संसदबाट बहुमतले पास हुने उहाँको दाबी छ ।