• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण



काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर कोरोना नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

शनिबार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्रीसमक्ष सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कोरोनाको ओमिक्रोन भेरियन्टबाट नागरिक आतंकित भइरहेका बेला सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कुनै उल्लेख्य पहल नगरेको एमालेले आरोप लगाएको छ । 

एमाले नेता सुवास नेम्वाङले ध्यानाकर्षणपत्र प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र खोपका लागि प्रयास गरिरहेका जनाएका छन् ।