५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक काठ आयातलाई निरुत्साहित गर्नको लागि कार्ययोजना बनाउँदैछौँः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वनभित्र रहेका काठहरु लिलाम गर्नको लागि कार्ययोजना बनाउन प्रदेश मन्त्रालयलाई आवश्यक निर्देशन दिइएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले वनभित्र रहेका काठहरु बजारमा ल्याउँदै उपभोक्तालाई सहज रुपमा उपलब्ध हुनेगरी प्रदेश मन्त्रालयहरुले काम गरिरहेको दाबी गर्नुभएको हो ।

उहाँले वनभित्रको काठहरुको दिगोपन व्यवस्थापन गरी काठको आयातलाई निरुत्साहित गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताउनु भयो । उहाँले कार्बन व्यापार गर्नको लागि नियमावली संशोधन अन्तिम मस्यौदा तयारी अवस्थामा रहेको समेत बताउनु भयो ।

उहाँले कार्बन व्यापारको लागि नीजि क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गर्नुभयो । उहाँले सामुदायिक वनको संरक्षणका लागि वन उपभोक्ता समूहहरुलाई आवश्यक सहयोग गरिरहेको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असर न्युनिकरण गर्नको लागि हामी गृहकार्य गरिरहेका छौं । विषेशगरी कार्बन व्यापार गर्न हामीले नियमावली संशोधनको अन्तिम मस्यौदाको तयारी गरिरहेका छौं । त्यसमा निजी क्षेत्र र कार्बन व्यापारलाई सहजीकरण गर्नको लागि सबैको सुझाव र सल्लाहहरुलाई स्वीकार गर्दै सहज रुपमा कार्बन व्यापार गर्नका लागि वन तथा वातावरण मन्त्रालयले आफ्नो योजनाअनुसार तयारी अगाडि बढाइरहेको जानकारी गराउन चाहन्छु ।

वन संरक्षणका लागि सामुदायिक वन उपक्तोक्ता समिति एकदमै महत्वपूर्ण पाटोको रुपमा रहँदै आउनुभएको छ । सामुदायिक वन उपझोक्ता समूह र वन मन्त्रालयसँग एकदमै महत्वपूर्ण सम्बन्ध समेत रही आएको छ । मन्त्रालयले उक्त समुदायसँग आवश्यक सहयोग र सहकार्य गरिरहेको समेत जानकारी गराउन चाहन्छु । वनमा रहेका काठहरुको लिलाम गर्ने र नभएर सडेर जाने भन्ने कुरामा हामीले एउटा कार्ययोजना बनाएर दिगोपन व्यवस्थापनको माध्यमबाट प्रदेश मन्त्रालयहरुलाई आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि निर्देशन दिइसकेको अवस्था छ ।

प्रत्येक प्रदेश मन्त्रालयहरुले कार्ययोजना बनाएर नेपालभित्र रहेका काठहरुलाई बजारमा ल्याउने र त्यसलाई सहज रुपमा उपभोक्ता सामु उपलब्ध गराउने र बाहिरबाट आउने काठहरुलाई निरुत्साहित गर्ने कार्य अगाडि बढाइएको छ ।’

वन डढेलो नियन्त्रणको लागि समेत मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उहाँले बताउनु भयो । उहाँले वन डढेलो नियन्त्रण र पूर्वतयारी गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको बताउनु भयो ।