२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्याण्डविरुद्ध भारतको अर्को सहज जित, रोहित शर्माको शतक



अ+ अ-

काठमाडौँ। इंग्ल्याण्डविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टिम भारतले एक खेलअगावै जितेको छ ।

आइतबार राति ४ विकेटको जित निकालेसँगै भारतले सिरिज एक म्याच अगावै आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि भारत चार विकेटले नै विजयी भएको थियो । दोस्रो खेलमा इंग्ल्याण्डले दिएको ३ सय ५ रनको लक्ष्य भारतले ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका लागि कप्तान रोहित शर्माले शतकीय पारी खेले । उनले ९० बलमा १२ चौका र सात छक्काको मद्दतमा ११९ रनको पारी खेलेका हुन् ।यो उनको एकदिवसीय क्रिकेटमा ३२औँ शतक हो।

त्यसअघि टस जितेर पहिला ब्याटिंङ गरेको इंग्ल्यान्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३०४ रन बनाएको थियो। योसँगै भारतले ३ खेलको शृंखलामा एक खेलअघि नै २-० ले जितेको छ। अब शृंखलाको अन्तिम खेल बुधबार हुँदै छ।