५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संसदको विधायिकी काममा राजनीतिक दलरुले योग्यता प्रश्तुत गर्न सकेनन्’: काँग्रेस महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको विधायिकी काममा राजनीतिक दलरुले योग्यता प्रश्तुत गर्न नसकेको बताउनुभएको छ ।

आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले रजनीतिक दल र संसदले प्रधानमन्त्री र सरकार बनाउन जति क्षमता विधायिकी कर्ममा राख्न नसकेको बताउनु भयो । संसदमा सांसदहरुले प्रश्तुत हुने शैलीका कारण जनताको संसदप्रतिको भरोसामा असर परेको समेत उहाँले बताउनु भयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पाि टुंगोमा नपुग्नुमा नयाँ पुराना सबै दोषी रहेको उहाँको भनाइ छ । उहाँले संसदको चालु अधिवेशनबाट अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक लगायतका विधेयकरुलाई यो टुंग्याएर संसदको प्रधान दायित्वलाई निभाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसदमा हाम्रा आवेगात्मक प्रश्तुतीहरुले हाम्रो छविलाई असर गरेको छ सभामुख महोदय । शब्द र शैलीमा अत्यन्त विन्रमताका साथ पनि विषयवस्तुको कठोरतालाई प्रश्तुत गर्न सकिन्छ । सायद यसमा हामीले हेक्का पु¥याएनौं कि । सायद हाम्रो शैलीले पनि नागरिक पँत्तिमा हामीप्रतिको जनताको भरोसामा असर पर्यो कि । यसमा धेरै टिप्पणी गर्न चाहन्न ध्यानाकर्षण गराउन चाहन्छु । संसदको सबैभन्दा विधायिकी कर्ममा हामीले योग्यता राम्रोसँग प्रश्तुत गर्न सकिरहेका छैनौं सभामुख महोदय । एकपछि अर्को प्रधानमन्त्री बनाउन, एकपछि अर्को सरकार बनाउन जतिको क्षमता नेता, दलहरु र संसदले राखेको छ त्यही गतिमा विधेयकहरु पारित हुन सकेका छैनन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न २०७६ सालमा आएको विधेयक अहिलेसम्म पनि टुंगोमा पुग्न सकेको छैन । सभामुख महोदय यसमा म कसलाई दोष दिउँ । आफ्नै दललाई दोषमुक्त मानौं भने त्यो बेला पनि सरकारमा थियो र अहिले पनि सरकारमा छ । एमालेपनि त्यो बेला पनि सरकारमा थियो अहिले पनि सरकारमा छ । आजको प्रमुख प्रतिपक्षी दललाई दुधले नुहाईदिउँ कि भनेर सोच्दैगर्दाखेरि २०६२÷६३को आन्दोलनपछि सरकारमा त्यही दल छ । नयाँ दल समेत दुई वर्ष यता दुई वर्ष सरकारमा छ । अख्तियारसम्बन्धी विधेयक, शिक्षासम्बन्धी विधेयक, निजामती कर्मचारीसम्बन्धी विधेयक लगायतका विधेयकरुलाई यो अधिवेशनबाट टुंग्याएर संसदको प्रधान दायित्वलाई हामीले निभाउनै पर्छ । ’

सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा उठेका प्रश्नहरुको बारेमा संसदभित्र र संसदबाहिर संवाद गरेर अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।