६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिग्दी खोलामा असला माछा देखिन छाड्यो



अ+ अ-

चितवन। चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर केही वर्षयतादेखि खोलामा विष र करेन्ट प्रयोग गरेर माछा मार्ने क्रम बढेपछि यहाँका असला माछा मासिँदै गएका छन् ।

विषादी हाल्ने र करेन्ट लगाउने क्रम नरोकिएपछि स्थानीय माछासहित जलचर प्राणीको संरक्षण गर्न लागिपरेका छन् । इच्छाकामना –२ का स्थानीयले शनिबार माछा संरक्षण समिति गठन गरेका छन् । संरक्षण समितिले विषादी र करेन्ट प्रयोगले पार्ने असरबारे खोला आसपास बसोबास गर्ने स्थानीयलाई जानकारी गराउने, गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी विषादी र करेन्ट प्रयोग गर्दा हुने कानुनी कारबाहीलगायत जनचेतनामूलक कार्यक्रम गर्ने, सूचना बोर्डहरू राख्नेलगायत काम गर्ने माछा संरक्षण समितिका अध्यक्ष शेरबहादुर प्रजाले बताए । सम्झाउँदा अटेर गरे समितिले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनलाई जानकारी गराउने उनले बताए।

गाउँपालिकाले पछिल्लो केही वर्षदेखि खोलामा विषादी नहाल्न र करेन्ट नलगाउन पटक पटक सूचना जारी गर्दै आएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । विषादी हाल्ने र करेन्ट लगाउने गरेमा वडा कार्यालय, गाउँपालिका कार्यालय र स्थानीय प्रशासनलाई जानकारी गराउन अनुरोध गरेको उनले बताए । विषादी हाल्ने र करेन्ट लगाउनेलाई कानुनी कारबाही गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

संरक्षण समितिका अध्यक्ष प्रजाका अनुसार पहिले पहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा फुर्लुङ भरिने गर्थ्यो । यहाँका स्थानीयले माछा सुकुटी बनाएर बजारसम्म बेच्न पुर्‍याइन्थ्यो । अहिले दिनभरमा पनि एक छाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको छ । उनले भने, “यहाँका स्थानीयले पहिले माछा सुकुटी बनाएर बजार सम्म बेच्न लगिन्थ्यो अहिले दिनभर जाल खेल्दै जाँदा एक छाक पुग्ने माछा पाउन मुस्किल हुन्छ ।”

अर्का स्थानीय टीकाबहादुर गुरुङले स्थानीय सरकारले रिग्दीको असला माछालाई संरक्षण गरी यसैलाई ‘ब्राण्ड’ बनाउन सकिने बताए । माछा संरक्षणका लागि स्थानीय सरकारले विषादी हाल्ने करेन्ट लगाउनेलाई पूर्ण रूपमा रोक्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “परम्परागत रूपमा माछा मार्न दिएर विषादी हाल्ने र करेन्ट लगाउनेलाई पूर्ण रूपमा रोक्नुपर्छ, यहाँको असला माछालाई ब्राण्ड बनाउन सकिन्छ, स्थानीयको आयआर्जनको स्रोत बन्नेछ ।रासस




भर्खरै