२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.28

Wind: 4.12

Humidity: 21

Latest
सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी आउन नभ्याउने परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने प्रधानमन्त्री ओली स्वदेश फिर्ता हङकङमा हुने टी–२० आई सिरिज खेल्ने नेपाली टोलीको घोषणा, सन्दीप र अनिल बाहिर प्रधानमन्त्री ओली स्वदेश फिर्ता वायु प्रदुषणले खतराको तह पार गर्यो, ‘मर्निङ वाक’ गरेर थप रोग ननिम्त्याऔँः डा.अजित श्रेष्ठ चैते दसैँमा बागलुङ कालिकामा भक्तजनको भिड
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजरीवाल–सिसोदिया चुनाव हारे, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार



अ+ अ-

एजेन्सी । भारतीय जनता पार्टी  (भाजपा)ले २७ वर्षपछि दिल्लीमा पुनरागमन गर्दैछ । भारतको निर्वाचन आयोगका अनुसार भाजपाले ५ सिट जितेको छ भने ४३ सिट अर्थात् कुल ४८ सिटमा अग्रता लिएको छ ।

आम आदमी पार्टी (आप)ले ६ सिट जितेको छ भने १६ सिट अर्थात कुल २२ सिटमा अगाडि छ । कांग्रेसले एक सिट पनि पाएको छैन ।

आम आदमी पार्टीका अरविन्द केजरीवाल नयाँ दिल्लीबाट चुनाव हारेका छन् भने मनिष सिसोदिया पनि जंगपुरा सिटबाट चुनाव हारेका छन् । तर, मुख्यमन्त्री आतिशी कालकाजीले चुनाव जितेकी छन् । अर्का नेता सत्येन्द्र जैनले पनि चुनाव हारेका छन् ।

हारपछि केजरीवालले भने–‘हामी हार स्वीकार गर्छौं । म बीजेपीलाई जितको लागि बधाई दिन्छु । जनताले उसलाई बहुमत दिएका छन् । उनीहरुले जनताको अपेक्षा पूरा गर्नेछन् भन्ने आशा लिएको छु ।’

दिल्लीस्थित भाजपा मुख्यालयमा उत्सव जारी छ । प्रधानमन्त्री नरेन्द्र मोदी साँझ ७ बजे पार्टी मुख्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गर्नेछन् । यसैबीच केजरीवाललाई पराजित गर्ने बीजेपी उम्मेदवार प्रवेश वर्माले अमित शाहलाई भेट गरेका छन् ।

सन् २०२० मा भाजपाले जम्मा ८ सिट मात्र जितेको थियो । तर सन् २०२५ मा भने सो पार्टीले ६ गुणा बढी जित निकाल्दै ४८ सिट जित्नेतर्फ अगाडि बढेको छ ।

केजरीवालको नयाँ दिल्ली सिटमा २० जना उम्मेदवारको जमानत जफत भएको छ । उनीहरूले अत्यन्तै कम मत प्राप्त गरे । केजरीवाल प्रवेश वर्मासँग ३ हजार मतले पराजित भए ।