१३ श्रावण २०८३, बुधबार
,
Latest
देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै अण्डाको मूल्य बढ्यो सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल



अ+ अ-

काठमाडौँ । कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गर्नुभएको छ ।

ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडिया प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकामा सन्तुष्टि व्यक्त गर्दै व्यापार, लगानी र पर्यटन क्षेत्रमा द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजदूत ओलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताका तर्फबाट कम्बोडियाका प्रधानमन्त्रीको व्यक्तिगत सुख,सुस्वास्थ्यका साथै कम्बोडियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसअघि राजदूत ओलीले धर्म तथा संस्कृतिमन्त्री चाय बोरिन, विदेश सचिव युएन खेङ, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय,एसिया प्रशान्त विभागका महानिर्देशक छाय मकारालाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र आपसी लाभका विभिन्न पक्षमा विचारविमर्श गर्नुभएको थियो । रासस