४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले थप तीन बन्धक छाड्दै, फेरि पनि परेनन् विपिन जोशी



अ+ अ-

काठमाडौं। हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ ।

हमासले आज रिहा गर्नेहरूमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् ।  नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि छाडिनेको सूचीमा पर्न सकेनन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक माध्यमबाट विभिन्न पहल गर्दै आइरहेको छ ।

इजरायलले ३ सय ८३ कैदीहरूलाई रिहा गरेको छ । हमासले शनिबार थप १ सय ८३ कैदी इजरायलबाट फिर्ता हुनुपर्ने बताएको छ । तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा लगभग ३३ बन्धक र १ हजार ९ सय कैदीहरूलाई रिहा गरिने बताइएको छ ।