काठमाडौं। म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा लेस्टर सिटीविरूद्ध पुनरागमन जित निकाल्दै युनाइटेड पाँचौं चरणमा पुगेको हो । सो क्रममा युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हरायो ।
लेस्टरले बबीन डे कारडोभाको गोलले ४२ औं मिनेटमा अग्रता लिएको थियो । जोसुआ जिर्कजीले युनाइटेडका लागि ६८ औं मिनेटमा बराबरी गोल फर्काए ।
इन्जुरी समयमा मागुयरले हेडिङमार्फत गोल गर्दै युनाइटेडलाई जित दिलाए । हारसँगै लेस्टर सिटी भने चौथो चरणबाटै बाहिरिएको छ ।










