२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास



अ+ अ-

काठमाडौँ। भारत सरकारको सहयोगमा धादिङको खनियावास गाउँपालिकामा कुरी स्वास्थ्य चौकीसहित ‘वर्थिङ सेन्टर’ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

आज संविधानसभा सदस्य दिलमान पाख्रिन, धादिङको खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरे । उनीहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु दुई अर्ब ५१ करोड लागतमा कुरी स्वास्थ्य चौकीसहित वर्थिङ सेन्टर निर्माण गर्न लागिएको हो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारीलगायत सामाजिक कार्यकर्ताको उपस्थिति रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

उक्त अनुदान स्वास्थ्य चौकीमा सुविधासम्पन्न वर्थिङ सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य आवश्यक पूर्वाधार निर्माण गरी प्रयोगमा आउनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रूपमा लिइएको छ ।

यो स्वास्थ्य चौकीले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ भने चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये बागमती प्रदेशमा एक सय आठ परियोजना रहेका छन् ।

साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई एक हजार नौ वटा एम्बुलेन्स र तीन सय स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र तीन स्कुल बस उपहार स्वरूप प्रदान गरेको दूतावासले जनाएको छ ।रासस