१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह गोपालमान श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिने शोक घोषणा, कार्यालयमा झण्डा आधा झुकाइने मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन देशभर श्रद्धापूर्वक गुरु पूर्णिमा पर्व मनाइँदै सुनसरी घटनामा निष्पक्ष छानबिन र सर्वदलीय संवादको पहल गर्न प्रचण्डको आग्रह सुनसरी घटनाः सामाजिक सद्भाव कायम राख्न राजनीतिक दलहरूको साझा प्रतिवद्धता, सरकारको भुमिकाप्रति काँग्रेसको प्रश्न पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध उद्योगीहरुलाई अर्थमन्त्री वाग्लेको ढाडस– ‘कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा सुधार गर्छौँ’ सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक शुरु (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपअन्तर्गत राजनीतिज्ञ र कलाकारबीचको मैत्रीपूर्ण खेलमा कलाकारको टोली विजयी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले राजनीतिज्ञ र कलाकारबीच मैत्रीपूर्ण फुटबल आयोजना गरेको छ ।

शुक्रवार दिउँसो लैनचौरस्थित एनसेल खेल मैदानमा भएको फुटबल प्रतियोगितामा राजनीतिज्ञ र कलाकारीबीच प्रतिष्पर्धा गराइएको हो ।

मैत्रीपूर्ण खेलमा राजनीतिज्ञ समूहबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकश शर्मा, एमाले नेता भानुभक्त ढकाल, एमाले संसद सुहाङ लगायत थिए ।

यसैगरी कलाकारबाट धिरेन शाक्य, बद्रि पंगेनी, दिनेश डिसी, आकाश श्रेष्ठ, केदार घिमिरे, बद्रि पंगेनी लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

रमाइलो र प्रतिष्पर्धात्मक खेल सम्पन्न भएको र खेलमा कलाकार पक्षले जितेको एमाले नेता भानुभक्त जोशीले बतउनु भयो । फागुन ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसर पारेर केपी ओली कप आयोजना गर्दै आएको बताउनु भयो ।

उहाँले अनुशासन, नियम, विधिको हिसावले खेल र राजनीतिक दलहरुबीच धेरै कुरा मिल्ने बताउनु भयो ।

अभिनेता धिरेन शाक्यले राजनीति र कलाकारलाई खेलले मित्रता कायम गराउने बताउनु भयो । खेल स्वास्थ्यलाई स्वस्थ राख्न खेल्नुपर्ने बताउनु भयो । गायक बद्रि पंगेनीले खेलले नेता र कलाकारहरुलाई जोडेको बताउनु भयो । अभिनेता केदार घिमिरेले केपी ओली कप मैत्रीपूर्ण खेल भएको र यसले आपसी सम्बन्ध, भाइचार सम्बन्धलाई प्रगाढ बनाउने बताउनु भयो ।

खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको भन्दै सबैले खेल्नुपर्ने उनीहरुको भनाइ छ । केपी ओली कपको प्रचारका लागि कलाकार र राजनीतिक दलका नेताहरुबीच मैत्रीपूर्ण प्रतिष्पर्धा गराइएको युवा संघले जनाएको छ ।




भर्खरै