२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु



अ+ अ-

काठमाडौँ। रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम शुरु भएको छ ।

शुक्रवार रुपन्देहीमा पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो । ०८० साल जेठ २९ गते शिलान्यास भई ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियमका निर्देशक विनोद कुँवरले अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रुपमा जडान हुने जानकारी दिनुभयो ।

फ्लड लाइट जडानसँगै रात्रिकालिन सयमयमा पनि खेल खेलाउन सकिने बताउनु भयो । मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भइसकेको बताउनु भयो । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले सोही मैदानमा अभ्यास गरेको जानकारी दिनुभयो । भारतबाट पनि केही क्लवस्तरीय टिमहरु आएर खेलेको बताउनु भयो ।

नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको र अन्तिम चरणमा रहेको निर्देशक कुँवरको भनाइ छ । मैदानका साथै अन्य भौतिक संरचनाका कामहरु पनि अगाडि बढिरहेको बताउनु भयो । तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा रहेको बताउनु भयो । अब प्याराफिट निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।