• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

ए डिभिजन लिगः संकटाको पहिलो हार, आर्मी तेस्रो स्थानमा उक्लियो



काठमाडौं । थ्री स्टारविरुद्ध अन्तिम मिनेट सम्हालिन नसक्दा संकटाले जारी सहिद स्मारक ए डिभिजन लिगमा पहिलो हार भोगको छ । यसँ सँगै संकटाको अपराजित यात्रामा पूर्णविराम पनि लागेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले इन्जुर समयमा गोल निकाल्दै संकटाको अपराजित यात्रालाई पूर्णविराम लगाईदिएको हो । थ्री स्टारलाई महत्वपूर्ण जित दिलाउन विजय भुजेलले गरेको गोल निर्णायक बन्यो । खेलको ९० मिनेट दुबै टोलीले स्कोरका लागि निकै संघर्ष गरे पनि गोल गर्न असफल भएका थिए ।

यससँगै थ्री स्टार चौथो स्थानमा उक्लिएको छ भने सकंटा पाँचौं स्थानमा झरेको छ । थ्री स्टारले ९ खेलबाट १६ अंक जोड्दा संकटाको १४ अंक भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नै भएको खेलमा आर्मीले फ्रेन्ड्सलाई  ३–१ ले पराजित गर्दा सकंटा र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन ।

शनिबार भएको दिनको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । निकै रोमाञ्चक बनेको खेलमा आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक÷एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

अघिल्ला खेलमा सन्तोष जनक नतिजा निकाल्न असफल आर्मीका लागि दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाको बाँयातर्फबाट जगजितले क्रस गरेको बल पोस्टमा लाग्दै गोलमा परिणात भएको थियो । ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे । दोस्रो हाफको सुरुआतमै फ्रेन्ड्सले एक गोल फर्कायो ।

आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए ।

यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ । फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा यथावत छ । रेलिगेशनबाट बच्न संघर्ष गरिहेको छ ।