
काठमाडौं । सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएका अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
टिकटकर मिस पवि र अंशु वर्मासँग भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले टिकटक बन्द गरेको प्रसङ्ग निकाल्नुभएको थियो ।
प्रचण्ड नेतृत्वको सरकारले टिकटक बन्द गरेको थियो भने ओलीले सत्तामा आएपछि पुनः टिकटकमाथिको प्रतिबन्ध हटाउनुभएको थियो ।
‘आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ । सामाजिक सञ्जालका प्रतिभावान क्रिएटर मिस पवि र अंशु वर्मासँग साँझ कुराकानी भयो,’ प्रधानमन्त्री ओलीले फेसबुकमा भन्नुभएको छ, ‘उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जसरी बन्द नगर्न र व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिनुभयो ।’
साथै, टिकटकर वर्माले पनि टिकटकमा प्रधानमन्त्रीसँगको एउटा भिडियो शेयर गर्दै लेखेका छन्– ‘हामी सबै युवाहरुको फेवरेट सम्माननीय केपी ओली सरसँगैको पहिलो भेट ।’