१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना



अ+ अ-

एजेन्सी। भारतीय वायुसेना (आइएएफ) को  लडाकू विमान मिराज–२००० बिहीबार मध्य प्रदेशमा नियमित प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुवै पाइलट सकुशल रहेका भारतीय सञ्चारमाध्यम एबीपी न्युजले लेखेको छ । जेटले घरहरू बचाउने क्रममा खाली ठाउँमा क्र्यास ल्यान्डिङ गरेको जनाइएको छ । विमानमा दुई जना पाइलट मात्र रहेका थिए ।

मध्य प्रदेशको राजधानी भोपालबाट ३८४ किलोमिटर उत्तरमा रहेको शिवपुरी जिल्लाको सुनारी चौकी नजिकै विमान दुर्घटना भएको हो।स्थानीय सञ्चारमाध्यमका अनुसार पाइलट घाइते भएका छन्। दुर्घटनापछि सो विमानको भित्री भागमा ठूलो आगोको लप्को देखिएको थियो, जुन सामाजिक सञ्जालमा पनि छाइरहेको छ।