१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गणतन्त्रविरोधी शक्तिहरु अझै पनि सक्रिय छन्’



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका छन् ।

बागीश्वरी माविको ६६औँ वार्षिकोत्सवको बिहीबार यहाँ उद्घाटन गर्दै उनले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभावले गणतन्त्रविरोधी शक्तिहरु अझै सक्रिय रहेको बताएका हुन् । प्रजातन्त्रमा प्रतिपक्ष बलियो नभए प्रजातन्त्र कमजोर हुने चर्चा गर्दै अध्यक्ष बिजुक्छेले भने, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुन्छ, प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् ।

सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन । पदमा बस्नेहरूको बौद्धिकस्तर मापन गर्नुपर्छ ।” उनले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन सरकारसँग माग गरे ।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपलिकाका प्रमुख सुनिल प्रजापतिले वार्षिक एक लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताए । यसलाई रोक्न राज्यले निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने उनले बताए ।