२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उनीविरूद्ध घुस/रिसवत लिएको उजुरीको अनुसन्धान गर्दा उक्त बराबरको रकम बिगो कायम हुन आएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।

पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।

विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको थियो ।

सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ ।




भर्खरै