३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले स्वतन्त्र पत्रकारिता र जनताको सुसूचति हुन पाउने अधिकारमाथि बन्देज लगाउन खोज्योः सांसद श्रेष्ठ



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयक यही अवस्थामा पास हुन दिन नुहने बताउनुभएको छ ।

बिहीवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयकमार्फत स्वतन्त्र पत्रकारिता र जनताको सुसूचति हुन पाउने अधिकारमाथि बन्देज लगाउन खोजेको बताउनु भयो ।

उहाँले नयाँ सांसदहरुको मुख नै बन्द गर्नेगरी सरकारले पेलेर विधेयक पास गर्ने मनशाय बनाएको उल्लेख गर्दै त्यसो गर्न नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दलहरुका लागि जताततै भ्रातृ संघहरुको विगविगी छ । तर सामाजिक सञ्जालले आम नागरिकलाई आफ्नो धारणा राख्नको लागि अवसर दिएको छ । वेतिथि भइरहेका ठाउँहरु देखाउनका लागि पनि सामाजिक सञ्जालले सहयोग गरेको छ । त्यो पावर जनतामा गएपछि जनता सुसूचित हुन्छ भनेर सरकारले सामाजिक सञ्जाल विधेयकको माध्यमबाट अख्तियारी लिन खोजेको देखिन्छ ।

स्वतन्त्र पत्रकारितामा पनि बन्देज गर्न खोजे जस्तो लाग्छ । अनि हामी नयाँ आएका सांसदहरुको मुखमा बुझो लाउन खोजिएको छ । यो विधेयक संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक जुन तरिकाले आएको छ सरकारले त्यही तरिकाले पेलेर लान्छ । त्यसकारण यो सामाजिक सञ्जाल विधेयकका सन्दर्भमा सरकारले बोलेको अर्कै छ गरेको अर्कैतिर छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता जानुपर्छ । यसमा कस्ता कुराहरु राख्ने, यसका नियम र नीतिहरु कस्ता हुन्छन् भनेर कन्टेन्ट क्रियटरहरुसँग छलफल गरेर मात्र अघि बढ्नुर्छ ।’

उक्त विधेयक अगाडि बढाउनुभन्दा अगाडि कन्टेन्ट क्रियटरहरुसँग आवश्यक छलफल गरेर मात्र विधेयक अगाडि बढाउन सरकारलाई आग्रह समेत गर्नुभयो ।