१४ श्रावण २०८३, बिहीबार
,
Latest
खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई रघुजी पन्तको जवाफः संसद कुण्ठा पोख्ने ठाउँ होइन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा कुण्ठा पोखेको भन्दै संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनु भयो ।

उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बढो रमाइलो दृश्य हाम्रो संसदमा देखिँदा अत्याधिक खुशी लागेको छ । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको र्याङठ्याङ आज मिलेको देखियो यो वास्तवमै रमाइलो छ । आज प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालको भाषण निकै ध्यानपूर्वक सुनेँ ।

उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । तर ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको छ । तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ, एउटा पनि उदाहरण प्रतिपक्ष दलको नेताले दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद होइन । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा भाषण सुनेर बस्ने देशवासीलाई यो प्रमुख प्रतिपक्ष दलको नेताले भनेको ठिक छ भन्ने होस् न ।’

सांसद पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा भएको र्याङठ्याङ रोचक रहेको टिप्पणी गर्नुभयो ।