४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार पौडेललाई



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकार मात्रिका पौडेललाई हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।

विसं १९७२ सालमा जन्मिएर ४३ वर्षको अल्पायुमै निधन भएका नेपाली वाङमयका अग्रणी पुस्ताका प्रगतिवादी साहित्यकार प्रधान हृदयचन्द्र सिंह प्रधानको स्मृतिमा प्रेस चौतारी नेपालमार्फत प्रधानका परिवारले यो पुरस्कार स्थापना गरेका हुन् ।

यो पुरस्कारबाट यसअघि नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, बरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, तीर्थ कोइराला, अखण्ड भण्डारीलगायत पुरस्कृत भइसकेका छन् ।

प्रेस चौतारीले हरेक वर्ष स्थापना दिवसका अवसरमा माघ २२ गते प्रदान गर्दै आएको सो पुरस्कार अहिले भने १० औँ महाधिवेशनमा विराटनगरमा दिने महासचिव हिरामान लामाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गर्नेछन् । यस्तै, हेमन्त पौडेललाई अग्निशिखा स्मृति, शान्ति गुरुङलाई डा. शान्ति पाण्डे प्रेस चौतारी महिला पत्रकारिता, लालबाबु शेख र रिमा सोमैलाई वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ भने टपेन्द्र कार्की र मालती केसीलाई डेकेन्द्र थापा स्मृति पत्रकारिता, उषा तामाङ र रोशनी कठेतलाई सावित्रीदेवी–पद्यलक्षमी बस्नेत स्मृति र गार्डेन राई र हरिश चन्द्रलाई चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।