२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा मूर्ति सेलाउने क्रममा डुबेर एक युवकको मृत्यु



अ+ अ-

रौतहट । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा बाग्मती नदीमा डुब्दा एक युवकको मृत्यु भएको छ ।

रौतहटको राजदेवी नगरपालिका-६ स्थित वाग्मती नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा नदीमा डुबेर राजदेवी-७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । आज बिहान उनी डुबेकै स्थानमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।

यादवको शवलाई सुरक्षाकर्मी र स्थानीयले माछा मार्ने जाल प्रयोग गरेर निकालिएको डीएसपी रायले बताए । मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको छ ।