२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान

सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान
अ अ+ अ-

काठमाडौँ : सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उहाँहरुलाई सोमवार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मान प्रदान गर्नुभयो ।

राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा समाजसेवी तथा रक्तदाता संकलक अमृत नारायण मानन्धर समाजसेवी तथा लेखक, हरिराज शर्मा अर्याल (हराश) कपिलवस्तु , हिमालय वृद्धाश्रम केन्द्र गंगवुकी सरला पन्थी समाजसेवी इसा गुरुङ लण्डन , गाउँले पर्यटनका पथप्रदर्शक तथा घुमन्तेका सस्थापक कञ्चन राई समाजसेवी फुपुल्हामो लामा नयाँ परिवर्तन नेपाल महिला पुन:स्थापना केन्द्र धरानकी सस्थापक प्रतिभा थापा, मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन , कानुन व्यवसायी राधिका खतिवडा, अक्सा नेपाली सस्थापक राइना व्यन्जनकार,अटिजम ‘विशेष स्कुल तथा पुनस्र्थापन केन्द्र’की सस्थापक सविता उप्रेती, सगरमाथा नेपालकी सस्थापक सावित्रीकुमारी अधिकारी, नेपाल युथ काउन्सीलका अध्यक्ष सरोज बानिया, चुरे बन जंगल संरक्षण बारा अभियानका सस्थापक सुनिल यादव , वरिष्ठ पत्रकार जन्मदेव जैसी, पर्यटन प्रर्वद्धक तथा उपहासचिव एनआरएनए आइसिसि सोम नाथ सापकोटा र जय नेपाल एनजिओका सस्थापक अल्वटो लुजिइ रोम लाई अवार्ड प्रदान गरीएको थियो ।

उक्त कार्यक्तममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौंका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटिमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरीएको थियो ।

उक्त कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहाकारको भुमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पव्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज,बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह के।सी वरिष्ठ फोटोपत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहनु भएको थियो ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिनुभयो ।

तस्बिर : सन्जय साह