
काठमाडौँ : सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड २०२४) प्रदान गरेको छ । उहाँहरुलाई सोमवार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रमबीच प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सम्मान प्रदान गर्नुभयो ।
राष्ट्रिय समाजसेवा अवार्डबाट सम्मानित हुनेमा समाजसेवी तथा रक्तदाता संकलक अमृत नारायण मानन्धर समाजसेवी तथा लेखक, हरिराज शर्मा अर्याल (हराश) कपिलवस्तु , हिमालय वृद्धाश्रम केन्द्र गंगवुकी सरला पन्थी समाजसेवी इसा गुरुङ लण्डन , गाउँले पर्यटनका पथप्रदर्शक तथा घुमन्तेका सस्थापक कञ्चन राई समाजसेवी फुपुल्हामो लामा नयाँ परिवर्तन नेपाल महिला पुन:स्थापना केन्द्र धरानकी सस्थापक प्रतिभा थापा, मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रविना महर्जन , कानुन व्यवसायी राधिका खतिवडा, अक्सा नेपाली सस्थापक राइना व्यन्जनकार,अटिजम ‘विशेष स्कुल तथा पुनस्र्थापन केन्द्र’की सस्थापक सविता उप्रेती, सगरमाथा नेपालकी सस्थापक सावित्रीकुमारी अधिकारी, नेपाल युथ काउन्सीलका अध्यक्ष सरोज बानिया, चुरे बन जंगल संरक्षण बारा अभियानका सस्थापक सुनिल यादव , वरिष्ठ पत्रकार जन्मदेव जैसी, पर्यटन प्रर्वद्धक तथा उपहासचिव एनआरएनए आइसिसि सोम नाथ सापकोटा र जय नेपाल एनजिओका सस्थापक अल्वटो लुजिइ रोम लाई अवार्ड प्रदान गरीएको थियो ।
उक्त कार्यक्तममा नेपाल दृष्टिविहीन कल्याण सङ्घ काठमाडौंका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटिमा समर्पित व्यक्तित्व समाजसेवी र साहित्यकार तीर्थराज वन्तलाई दिर्घसेवा सम्मान प्रदान गरीएको थियो ।
उक्त कार्यक्रममा अवार्ड व्यक्ति छनौट तथा कार्यक्रम सल्लाहाकारको भुमिकामा समावेशी मासिकका सम्पादक खिलबहादुर भण्डारी, ग्लोबल आइएमई बैंक लि पव्लिक रिलेशन अफिसर योगेश पोखरेल, न्यूजपोलार डट कम सम्पादक शुसील अर्याल, साउथवेस्टन स्टेट कलेज,बसुन्धरा सहायक क्याम्पस प्रमुख हरि सिंह के।सी वरिष्ठ फोटोपत्रकार तथा गीतकार हरि गोपाल प्रधान र व्यवसायी तथा समाजसेवी अमित शर्मा रहनु भएको थियो ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमार्फत समाज सेवामा ती व्यक्ति र संस्थाले आफ्ना विषयमा दिएको रुपान्तरणकारी योगदानका लागि ती सम्मान दिइएको जानकारी दिनुभयो ।
तस्बिर : सन्जय साह