१ चैत्र २०८१, शुक्रबार
March 14, 2025 Friday

23.91°C

काठमाडौं

23.91°C

Kathmandu

Feels-like: 22.98

Wind: 3.46

Humidity: 24

Latest
विद्युत् नियमन आयोग सदस्यद्वारा शपथ साहित्य र संस्कृतिको आदानप्रदानले भावनात्मक एकतालाई थप सुदृढ बनाएको छः पूर्वराष्ट्रपति भण्डारी महिला टी–२० क्रिकेटमा नेपालको सान्त्वना जित सांसद बजगाईँद्वारा मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै अनुशासन आयोगमा उजुरी सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण: तयारी चुस्त–दुरुस्त बनाउन निर्देशन तराईमा होली – फोटोफिचर ‘वस्तुको प्रकृतिअनुसार भन्सार वर्गीकरणको व्यवस्था गर्नुपर्नेमा जोड’ माओवादी केन्द्रिय कार्यालयमा शिक्षक महासंघको धर्ना मुग्लिन–पोखरा सडक स्तरोन्नतिः ७३ किलोमिटर कालोपत्र युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त, छलफल जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दा दयाराम ढकालको इजलासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

मंगलबार रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । उनी हिजो नै चिवतन पुगेका थिए । लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।

साहारा सहकारीको बचत रकम ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । सरकारी वकील कार्यालयले  ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

यसैबीच, चितवन जिल्लाका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ । उनलाई महान्याधिवक्ताको कार्यालय काठमाडौंमा तानिएको स्रोतले बतायो । उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ ।