२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेको मुद्दा दयाराम ढकालको इजलासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।

लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

मंगलबार रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको थियो । उनी हिजो नै चिवतन पुगेका थिए । लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।

साहारा सहकारीको बचत रकम ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । सरकारी वकील कार्यालयले  ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

यसैबीच, चितवन जिल्लाका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ । उनलाई महान्याधिवक्ताको कार्यालय काठमाडौंमा तानिएको स्रोतले बतायो । उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका सरकारी वकिल रवि न्यौपानेलाई पठाइएको छ ।