
काठमाडौँ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौँ शाखाले स्थापना दिवस मनाएको छ ।
नेकपा (एमाले)का सचिव योगेश भट्टराईको उपस्थितीमा केक काटेर स्थापना दिवस मनाइएको हो । सो अवसरमा सचिव भट्टराईले प्रेस चौतारी नेपाल पत्रकारको हकहितका लागि अग्रपंक्तिमा रहने संस्था भएको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।
०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।
यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ । अहिले जिल्ला शाखाहरुको अधिवेशन भइरहेका छन् ।
काठमाडौँ शाखाको पनि भोलि बुधबार छैटौं अधिवेशन हुँदैछ ।