१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनहममाथी एभर्टनको जित



अ+ अ-

लन्डन । एभर्टनले सिजन अगाडि टिमलाई सुदृढ बनाउन नयाँ खेलाडी किनेको रणनीतिलाई सही सावित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई १–० ले हराएको छ ।

टोटनहमको घरमा एभर्टनले जित निकालेको यो सन् २०१२ यता पहिलो हो । कार्लोस एन्सेलोटीको टिमका लागि डोमिनिक क्लेभर्ट लेविन्सले हेडबाट निर्णायक गोल गरे ।

यसअघि जेमी भार्डीले पेनाल्टीबाट गरेको दुई गोलमा लेस्टर सिटीले वेस्ट ब्रुमलाई ३–० ले हराएको छ । यससँगै यसपल्ट प्रिमियर लिगमा बढुवा पाएका तीनै टिम वेस्ट ब्रुम, लिड्स युनाइटेड र फुलहम पराजित भएका छन् ।