२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहारा चितवन सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता



file photo
अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा रविसहित ३२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले सहकारी ठगीमा पहिले संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरूविरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।

यसअघि रवि लामिछाने कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा धरौटी रकम बुझाएर छुटेका थिए । उनीविरुद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा पनि अनुसन्धान भईरहेको छ ।