४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल दैलेखको अध्यक्षमा उदयराज अधिकारी निर्वाचित



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल दैलेखको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट उदयराज अधिकारी सर्वसम्म अध्यक्ष बन्नुभएको छ ।
उपाध्यक्षमा पृथ बयलकोटी र प्रेमिका सिंह निर्वाचित हुनुभएको छ ।

सचिवमा यामराज विष्ट निर्वाचित हुनुभएको छ भने सहसचिवमा खगेन्द्र खड्का र हिमेन्द्र बिक निर्वाचित हुनुभएको छ । यसै गरी कोषाध्यक्षमा रमेश भट्टराई चुनिनु भएको छ ।