२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समयमै डेलिभरी दिन नसक्दा संघीयताप्रति नागरिक रुष्ट छन्ः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीयतासम्बन्धी ऐन, कानून निर्माण गर्नेकुरामा राजनीतिक नेतृत्व नै असन्तुष्ट रहेको बताउनुभएको छ ।

सोमवार सरोकार दर्पणको लोकार्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनस्तरमा अहिले संघीयताप्रति नकारात्मक भावना जागृत हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले संघीयता सम्बन्धी ऐन, कानून निर्माणमा नेताहरु नै असन्तुष्ट रहेको बेलामा नागरिकहरुले सेवा सुविधा, छिटो छरितो नपाउँदा गुनासो गर्नु सामान्य रहेको बताउनु भयो । उहाँले संघीयताका सिद्धान्तहरु आफैँमा नरहेको भन्दै सही कार्यान्वयनको आवश्यकता रहेको बताउनु भयो । नेतृत्वले जिम्मा लिएका कुराहरु समयमै नागरिकस्तरमा पुर्याउँदा नै संघीयता सफल हुने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जनस्तरमा अलि बढी संघीयताप्रति एउटा खालको नकारात्मकतातिर ओरेन्टेशन भएको हो की भन्ने अनुभुत हुन्छ । तर मलाई के लाग्छ भने संघीयता आफैँमा गलत हो, संघीयताका सिद्धान्तहरु आफैँमा गलत छन् भन्नेतिर त म धेरै पाउँदिन । संघीयता हामीले ल्यायौँ । हामीले नै संघीयता कार्यान्वयन गर्न जाँदैछौँ । कार्यान्वयन गर्नको निम्ति हुने हरेक गतिविधिहरु मुख्यतः ऐन, कानून निर्माणको सवालमा हामी आफैँ कहीँ न कहीँ असन्तुष्ट छौँ । भनेपछि जनस्तरबाट थोरै असन्तुष्टि आउने कुरालाई संघीयता गलत भएको हुनाले आएको होइन, हामीले जो जिम्मा लिएका छौँ, समयमै पुर्याउन सकेनौँ की ? भनेर हामीतिर फर्किनुपर्ने हो की । र मात्रै हामी ठिक ठाउँ र ठिक दिशामा पुग्नसक्छौँ । संघीयता आफैँमा गलत हो भनेर एकाध राजनीतिक आग्रह पूर्वाग्रहले बोल्ने कुरा हो । आम जनतामा त्यस्तो होइन । हामीले जनतालाई दिनुपर्ने डेलिभरी समयमै दिन सकिरहेका छैनौँ ।’

अध्यक्ष दाहालले जनतालाई सुविधा दिनेकुरामा बढी गम्भीर हुनुपर्ने बताउनु भयो । जलवायु परिवर्तनले जीवनस्तर, रहनसहन र सोचाईमा समेत प्रभाव पारको बताउनु भयो ।