१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२० मा सबैभन्दा बढी कमाउने फुटबल खेलाडी मेसी, दोस्रो स्थानमा रोनाल्डो



अ+ अ-

लन्डन । फोर्ब्सका अनुसार बार्सिलोनाका लियोनल मेसी सन् २०२० मा फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । युभेन्टसका क्रिस्टियानो रोनाल्डो ११ करोड ७० लाख डलर कमाइसँगै दोस्रो स्थानमा रहेका छन् । मेसीको वार्षिक आम्दानी १२ करोड ६० लाख डलर रहेको फोर्ब्सले देखाएको छ । 

यस्तै फोर्ब्सका अनुसार तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नेयमार छन् । चौथो स्थानमा पीएसजीकै अर्का खेलाडी केलियन एमबापे छन् । सर्वाधिक कमाउने फुटबल खेलाडीको सूचीमा इंग्लिस प्रिमियर लिगका तीन खेलाडी परेका छन्, मोहम्मद सलाह, पउल पोग्बा र डेविड डि गेया ।

सन् २०२० मा सर्वाधिक कमाउने फुटबलका १० खेलाडी

१. लियोनल मेसी– १२ करोड ६० लाख डलर

२. क्रिस्टियानो रोनाल्डो– ११ करोड ७० लाख डलर

३. नेयमार– ९ करोड ६० लाख डलर

४. केलियन एमबापे– ४ करोड २० लाख डलर

५. मोहम्मद सलाह– ३ करोड ७० लाख डलर

६. पउल पोग्बा– ३ करोड ४० लाख डलर

७. एन्टोन ग्रिजमन– ३ करोड ३० लाख डलर

८. गेराथ बेल– २ करोड ९० लाख डलर

९. रोबर्ट लेवनडोस्की– २ करोड ८० लाख डलर

१०. डेभिड डि गेया– २ करोड ७० लाख डलर