२० माघ २०८१, आईतवार
,
Latest
पाटेबाघ मृत फेला ‘एआई’ प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट भव्यताका साथ सम्पन्न अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित काउन्सिलद्वारा विभिन्न सञ्चारमाध्यमलाई कारबाही, चारको कारबाही फुकुवा सुदूरपश्चिममा एमालेका पाँच नेता पार्टीबाट निष्कासित नक्कली नोट सहित एक जना पक्राउ ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताको पक्षमा काम गरिरहेको छः सांसद बिसी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमोलकी सांसद सुमित्रा बिसीले सरकारप्रति शंका नगर्न आग्रह गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सरकार जनताको पक्षमा काम गरिरहेको बताउनुभएको हो ।

उहाँले अध्यादेशका बारेमा धेरै कुराहरु उठेको उल्लेख गर्दै सरकारले संसद शुरु हुनु पहिला वा संसदको अन्त्य हुने बित्तिकै अध्यादेश ल्याउने कुरामा प्रश्न गर्न नहुने बताउनु भयो । उहाँले सरकारले आवश्यक परेको समयमा अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानले दिएको बताउनु भयो । सरकारले शोषित र पीडित जनताको पक्षमा काम गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अध्यादेशका बारेमा धेरै कुराहरु उठे । शुरुवातमा ल्याउने की अन्तिम भइसकेपछि ल्याउने भन्नेकुराहरु उठ्यो । यो संविधानको ११४ को धाराअनुसार संविधानले सरकारले अध्यादेश ल्याउन पाउने अधिकार दिएको छ । त्यो अधिकारलाई प्रयोग गरेर सरकारले आवश्यकता अनुसार ल्याएको अध्यादेशलाई जनताको पक्षमा हुनेछ । यसका बारेमा शंका नगर्न आग्रह गदछु । शहीदको बलिदानबाट आएको सरकार हो यो । यसले शोषित र पीडित जनताको पक्षमा काम गर्नेछ । यो सरकारप्रति शंका नगर्न आग्रह गर्दछु ।’

उहाँले विधेयक वा अध्यादेशबाट बनाइएका कानूनहरु जनताको पक्षमा हुनुपर्ने बताउनु भयो ।