२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनको बहस नै हुन छोड्योः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताउनुभएको छ ।

शनिवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उहाँको गुनासो थियो । उहाँले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताउनु भयो । नेता निधीले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको बहस नै भइरहेको छैन । नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सात बुँदे जुन सहमति भयो, सत्ता गठबन्धनको लागि संविधान संशोधन गर्ने भनेर राखियो । त्यो कारणले अलिकति बढी चहलपहल ल्याएको छ । यो सेन्सेसनलाई क्यापिटलाइज नेपाली काँग्रेसले गरेको छ । संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ । कानून निर्माण र कानून संशोधनको लागि दुई तिहाई चाहिँदैन । संसदमा बहुमत भए पुग्छ ।’

नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।