२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार तीन इजरायली बन्धक रिहा हुँदै



अ+ अ-

एजेन्सी । इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

“इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ । सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन ।

विज्ञप्तिमा अगाडि भनिएको छ, “सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन् ।”

शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ ।

गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।