काठमाडौँ । निर्वाह भत्ता लगायतको विषय उठाएर आवासीय चिकित्सकहरुले शुक्रवार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले विगत केही दिनबाट आन्दोलनमा गर्ने क्रममा आज पनि बिरोध प्रदर्शन गरेका हुन् ।
आवासीय चिकित्सकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् । श्रम शोषण हुन नहुने, आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र पोस्टर बोकेर उनीहरूले दिएका छन् ।