३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न अदालतको आदेश



अ+ अ-

काठमाडौँ । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश सन्तोष प्रसाद पराजुलीले उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

सूर्यबिनायक नगरपालिकाले साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो । कर लिने निर्णयको विरोध गर्दै तामाङले तामाङले ४ असोज २०८१ मा कर्मचारीहरूबाट रसिद खोसेर जलाएको भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।

नगरपालिकाको जाहेरीको आधारमा प्रहरी वृत्त जगातेले उनीमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रहरी प्रतिवेदन बुझाएको थियो ।

यसअघि १४ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर उनी रिहा भएकी थिईन् ।