१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो

सिक्लेसः प्रकृति र संस्कृतिलाई नजिकबाट हेर्ने र बुझ्ने थलो
अ अ+ अ-

गण्डकी । वरिपरिबाट जङ्गलले घेरिएको गुजुमुज्ज परेको बस्ती, ढुुङ्गैढुुङ्गाले छापिएका बाटा र ठाउँठाउँमा राखिएका गुरुङ समुदायको धार्मिक आस्थाका पवित्र कोइबोहरु । कास्कीको पर्यटकीय गाउँ सिक्लेस पुग्ने जोकोहीलाई पनि त्यहाँका प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति, परम्परा र इतिहासले लोभ्याउँछ ।

गुरुङ समुदायको बाहुल्य रहेको सिक्लेस सांस्कृतिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । सिक्लेसको परिचय त्यतिमा मात्रै सीमित छैन, यो राजनीतिक रुपमा ऐतिहासिक थलो पनि हो । नेपालको शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा पनि सिक्लेसलाई लिइन्छ ।

तत्कालीन समयमा सशस्त्र आन्दोलनरत नेपाल कम्युनष्टि पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस पुग्नुभएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक हुनुभएको थियो । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको यो स्थानमा केही समयअघि शान्ति स्मारकको अनावरण गरिएको थियो ।

पर्यटन राजधानी पोखराको काहुँखोलादेखि ३७ किलोमिटर दूूरीमा रहेको यो ठाउँ समुन्द्री सतहबाट करिब एक हजार ९५० मिटरको उचाइमा छ । केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्न थालेपछि सिक्लेसमा घरबास र होटेलहरुको सङ्ख्या बढ्न थालेको छ ।

प्रकृति र संस्कृतिको धनी सिक्लेसमा स्थानीयको न्यानो आतिथ्यताले पर्यटकलाई लोभ्याउने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत रहेको यो गाउँ मादी गाउँपालिकाको वडा नं १ मा पर्दछ । सिक्लेस प्रवेश गर्दा तातो चिया र मकै भटमासले स्वागत गर्ने यहाँको चलन छ । बेलुका होटेल तथा घरबास सञ्चालकले मीठो परिकारको स्वाद चखाउँछन् ।

त्यसैगरी, टीका र फूलले बिदाइ गर्ने परम्परा छ । सिक्लेसमा एक पटक आउने पर्यटक दोहो¥याएर आउने गरेको साजन इन्द्रेणी गेष्ट हाउसका सञ्चालक लिलिमाया गुरुङको अनुभव छ । गुरुङ गाउँका रुपमा आफ्नै विशिष्ट मौलिकता बोकेको सिक्लेस प्रकृति र संस्कृतिका जीवन्त पक्ष हेर्ने बुझ्ने थलो पनि भएको उहाँको भनाइ छ । पछिल्लो दश वर्षदेखि सिक्लेसमा होटल सञ्चालन गरिरहनुभएकी उहाँले सुरुमा घरबासस ‘होमस्टे’ सुरु गर्नुभएको थियो । हाल सिक्लेसमा २८ वटा होटल तथा ३६ वटा घरबासले पर्यटकलाई सेवा दिइरहेका छन् ।

सिक्लेसमा अन्नपूर्ण संरक्षण आयोजना ९एक्याप०ले सञ्चालन गरिरहेको इको म्युजियम र यहाँ बनाइका कोइबोहरू अनुसन्धानकर्ताका लागि गन्तव्य बन्दै गएको मादी गाउँपालिका–१ का वडाअध्यक्ष देवीजङ्ग गुरुङले बताउनुुभयो ।

इको म्युजियममा विशेषतः सांस्कृतिक सम्पदा र परम्पराका साथै गुरुङ समुदायको जीवनशैली ९अन्य जातीय अल्पसङ्ख्यकहरूसहित० आदिलाई जीवन्त रुपमा चित्रण गर्नेगरी सामग्री राखिएका छन् । विशेषतः गुरुङ समुदायको रहनसहनलाई सङ्ग्रहालयमा देखाउने प्रयास गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।

गुरुङ सभ्यताको विशिष्टस्थलका रुपमा विकसित सङ्ग्रहालय गुरुङ सभ्यताको जानकारी राख्न चाहने जो कोहीका लागि उपयोगी बन्दै गएको छ । सङ्ग्रहालयमा गुरुङ संस्कृतिका साथै पर्यावरणीय अध्ययन तथा सिक्लेस क्षेत्रमा पाइने विभिन्न जडीबुटी राखिएको छ ।

सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने जडीबुटीहरु कुट्को, कुरिलो, सतुवा, विष, नीलोविष, जटामसी, सिल्टिमुर, पाँचऔँले, यार्सागुम्बाबारे जानकारी एवम् अवलोकन गर्न सकिन्छ । साथै गुरुङ संस्कृतिका वेशभूषा, संस्कृतिका साथै रहनसहनका हरेक पक्षलाई जीवन्त चित्रण गर्ने किसिमका सामग्री प्रदर्शनमा राखिएको छ । सङ्ग्रहालयमा गुरुङ समुदायको मौलिक पोसाक राखिएको छ । साथै पर्यटकहरु उक्त पोसाकमा सजिएर तस्बिर खिच्ने गरेका छन् । सङ्ग्रहालय प्रवेश गर्ने बित्तिकै गुरुङ धर्मगुरु पत्यु, ल्हेउरी र बन्पोलमको प्रतिमा देख्न सकिन्छ ।

विसं २०७१ देखि सञ्चालनमा आएको सङ्ग्रहालय यहाँ पर्यटकको ‘बलेट लिस्ट’मा छुटाउने नहुने गन्तव्य भएको सङ्ग्रहालय व्यवस्थापन उपसमितिका सचिव कृष्टी गुरुङको भनाइ छ । चालु आर्थिक वर्षको छ महिनामा एक हजार ७०० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । सङ्ग्रहालयमा प्रवेश शुल्कबापत नेपाली सर्वसाधारणका लागि रु ५०, विद्यार्थीका लागि रु ३० र विदेशी पर्यटकका लागि रु एक सय ५० निर्धारण गरिएको छ ।

पर्यटकको सुरक्षाका लागि विभिन्न ६४ स्थानमा सिसिटिभी जडान गरिएको वडाअध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सिक्लेसलाई सांस्कृतिक ग्रामका रुपमा विकास गर्नेगरी व्यवस्थित सिँढी, बाटो, सडक बत्तीको व्यवस्था पनि भइसकेको छ । स्थानीय स्तरमा सञ्चालित सिक्लेस हाइड्रोपावरबाट २०० किलोवाट विद्युत् नियमित आपूर्ति भइरहेको छ । सिक्लेसमा सङ्ग्रहालयसँगै शान्ति स्मारक, सिक्लेस पार्क पनि निर्माण गरिएको छ । यहाँबाट देखिने विभिन्न हिमालको दृश्यावलोकन पर्यटक आकर्षित गर्ने माध्यम हुन् । रासस