१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाल राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त

अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाल राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाली सेनाका अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गरेको छ ।

माघ १५ गते बसेको मन्त्रीपरिषद्को बैठकले अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गरेको हो ।

बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनु भयो । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋणअन्तर्गत प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, वस्तुको प्रत्यक्ष विक्री ९व्यवस्थापन तथा नियमन गर्ने० ऐन, २०७४ को दफा २१ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई निरीक्षण अधिकृत तोक्ने र निरीक्षण अधिकृतको कार्यक्षेत्र नेपालभर रहने निर्णय गरेको छ ।

यस्ता छन् सरकारले गरेका निर्णयहरुः

यस वर्षको शहीद दिवस (माघ १६ गते) संघ, प्रदेश र स्थानीय तहले भव्य रुपमा मनाउने । शहीद दिवसलाई भव्य रुपमा मनाउने सन्दर्भमा केन्द्रमा गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने ।
थाइल्याण्डमा मिति २०८१ माघ १५ देखि २० सम्म आयोजना हुने प्रतिष्ठित एनुअल मिटिङ अफ द प्रिन्स महिडोल अवार्ड कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरू क्रमशः माननीय डा। सुमित्रा श्रेष्ठ अमात्य र माननीय किशोर कुमार सिलवालको २०८१ फागुन १३ देखि २० सम्म एशियन इन्स्टिट्युट अफ टेक्नोलोजीमा सञ्चालन हुने गभर्मेण्ट एण्ड एन्टि करप्शनः द मेथोड एण्ड टुल्स बिहाइण्ड एन इफेक्टिभ करप्शन इराडिक्शन स्टाटेजी विषयक कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम ९दोस्रो० का लागि विश्व बैंकको विकास नीति ऋणअन्तर्गत प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
वस्तुको प्रत्यक्ष विक्री ९व्यवस्थापन तथा नियमन गर्ने० ऐन, २०७४ को दफा २१ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई निरीक्षण अधिकृत तोक्ने र निरीक्षण अधिकृतको कार्यक्षेत्र नेपालभर रहने ।
बोराङ नौविसे ९रातमाटे० २२० के।भी। प्रशारण लाइनको टावर निर्माण गर्न धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका, खनियाबास गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र निलकण्ठ नगरपालिका तथा नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिका क्षेत्रमा पर्ने निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने। ।
गल्छी रातामाटे २२० के।भी। प्रशारण लाइन आयोजनाअन्तर्गत धादिङ र नुवाकोट जिल्लामा २२० के।भी। प्रशारण लाइन आयोजनाको टावर प्याड निर्माणको लागि धादिङ जिल्लाको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
सिक्टा सिंचाई आयोजनाको लागि आवश्यक पर्ने बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने ।
वालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३० बमोजिम काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने र उक्त बाल अदालत संवत् २०८२ साल वैशाख २ गतेदेखि सञ्चालन गर्ने ।
नेपाली सेनाका अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त गर्ने ।
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर तथा थपघट गर्न स्वीकृति दिने ।
निजामती सेवाका विभिन्न सेवा, समूह र उपसमुहका राजपत्राङ्कित द्वितीय श्रेणीका १९ जना अधिकृतहरूलाई बढुवा समिति÷लोक सेवा आयोगको सिफारिस अनुसार सम्बन्धित सेवा, समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्त गर्ने ।