१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको कार्यालय जाँदै रवि लामिछाने, सभामुखलाई पनि भेट्ने



फाईल फोटो ।
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका निलम्बित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार जाँदैछन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् ।

लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो राजनितिक घटनाक्रम र समसामयिक अवस्था तथा संसदमा पार्तीले खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने रास्वपाका एक जना सांसदले बताए । यस्तै, उनले आजै सभामुख देवराज घिमिरेसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताईएको छ ।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।