२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको कार्यालय जाँदै रवि लामिछाने, सभामुखलाई पनि भेट्ने



फाईल फोटो ।
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका निलम्बित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सिंहदरबार जाँदैछन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि लामिछाने सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेर सांसदहरूलाई भेट्न लागेका हुन् ।

लामिछानेले आफ्ना सांसदहरूलाई पछिल्लो राजनितिक घटनाक्रम र समसामयिक अवस्था तथा संसदमा पार्तीले खेल्नुपर्ने भूमिकाबारे ब्रिफिङ गर्ने रास्वपाका एक जना सांसदले बताए । यस्तै, उनले आजै सभामुख देवराज घिमिरेसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताईएको छ ।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।