१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान

सन् २०२४ मा दुबई विमानस्थलद्वारा नौ करोड २३ लाख यात्रुलाई सेवा प्रदान
अ अ+ अ-

एजेन्सी । दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन् ।

सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवत जावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बावजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो ।

एशिया, युरोप र अफ्रिकाको बीचमा अवस्थित संयुक्त अरब इमिरेट्स (युएई) शहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमले एक विज्ञप्ति जारी गर्दै विमानस्थललाई ‘विश्वव्यापी सफलताको कथा’ को संज्ञा दिँदै यसले ४०० अन्तर्राष्ट्रिय गन्तव्यलाई लक्षित गरेको बताउनुभएको छ ।

दुबई विमानस्थलका प्रमुख कार्यकारी अधिकृत पल ग्रिफिथ्सले सन् २०२७ सम्ममा दुबईले १० करोड यात्रु ओहोरदोहोर सेवा दिनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

दुबईले अब छिमेकी साउदी अरबको रियादमा निर्माण भइरहेको एक प्रमुख नयाँ विमानस्थलबाट प्रतिस्पर्धाको अपेक्षा गरेको छ । विमानस्थलले शहरको बाहिरी इलाकामा अल मकतूम इन्टरनेसनल विमानस्थलमा ३५ अर्ब डलरको विस्तार र स्थानान्तरणको योजना पनि बनाइरहेको छ।

व्यापार, पर्यटन र व्यापार केन्द्रले अचल सम्पत्ति कारोबार मूल्य र बढ्दो जनसङ्ख्या वृद्धिको साक्षी रहेको युइईले पेट्रोलियम पदार्थ ९इन्धन० बाहेक आफ्नो अर्थव्यवस्था को विविधीकरणको प्रयासलाई जारी राखेको छ ।